तोलामा २७ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार २०० रुपैयाँ कायम छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १३, २०८३ आईतबार  ११ : १३ बजे