तोलामा तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ५०० मा कायम भएको छ ।अघिल्लो दिन छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पाँच हजार ४५ रुपैयाँ रहेको प्रतितोला चाँदीको मूल्य घटेर चार हजार ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १५, २०८३ मंगलबार  ११ : ०४ बजे