काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ५०० मा कायम भएको छ ।अघिल्लो दिन छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पाँच हजार ४५ रुपैयाँ रहेको प्रतितोला चाँदीको मूल्य घटेर चार हजार ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।














