तोलामा १८ सयले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेर चार हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १७, २०८३ बिहीबार  ११ : २८ बजे