काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेर चार हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।














