एनआईसी एशिया बैंकले प्रदान गर्‍यो कैलालीस्थित सरस्वती माध्यमिक विद्यालयलाई खानेपानी ट्यांकी र पम्प



काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी–५, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ ।

विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरिएको हो ।

वैशाख १६ गते एक कार्यक्रमकाबीच यस बैंकका सर्कल हेड–धनगढीका दिपक विष्टले उक्त विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझलाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरेका हून् ।

फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्धहुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : बैशाख १७, २०८३ बिहीबार  ५ : ०२ बजे