मंगलबार सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४३ करोडको कारोबार



काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

मंगलबार नेप्से परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएकोमा आज भने ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँबराबरको ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४३, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३ र अन्य समूह ०.०८ प्रतिशत बढे । विकास बैंक ०.०४, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.०६, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह ०.२९ प्रतिशत घटे ।

यस दिन १६२ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १६ को स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २२, २०८३ मंगलबार  ४ : २४ बजे