तोलामा ५ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार सुनको मूल्यमा प्रतितोला पाँच हजार ८०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार दुई लाख ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेर बुधबार पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार  ११ : ३१ बजे