कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो



काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका एक जना पुरुषको शव निकालिएको छ ।

प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको हो ।

कीर्तिपुरको ट्याङ्लाफाँट स्थित चाँदनी चोकमा मंगलबार बिहान ११ बजेर २० मिनेटमा अचानक कारमा आगलागी भएको हो ।

आगलागीमा परेर कार चालक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताएका छन् । आगलागी भएको बा।५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ ।

मृतकको पहिचान भएको छैन । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : श्रावण ५, २०८३ मंगलबार  २ : ०४ बजे