काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ।
आज दिउँसो पहिरो खसेपछि केही समय सडक दुईतर्फी अवरुद्ध भएको थियो।
पहिरो हटाएपछि हाल सडकखण्डमा यातायात दुईतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।














