सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौ. । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ।

शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा सात सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार ६ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : आश्विन ११, २०८३ आईतबार  ११ : ०७ बजे