काठमाडौं, असोज ९ । स्थानिय बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो बिहिबार २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।










