सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : आश्विन २२, २०८३ बिहीबार  ११ : ४९ बजे