कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक तथा अन्य विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आइतबार दिउँसो २ बजे विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

समसामयिक राजनीतिक घटनाक्रम र देशको पछिल्लो परिस्थितिबारे थापाले आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

उनको सम्बोधनमा कांग्रेसको आगामी राजनीतिक रणनीति, सरकारका कामकारबाही तथा राष्ट्रिय राजनीतिका विषय समेटिन सक्नेछन्।

प्रकाशित मिति : कार्तिक १५, २०८३ आइतबार  ८ : ३९ बजे