काठमाडौं । पाकिस्तानले स्वदेशमै विकास गरेको पहिलो हावाबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।
पाकिस्तानी सेनाको सञ्चार तथा जनसम्पर्क शाखा ९आईएसपीआर० का अनुसार मंगलवार उक्त क्षेप्यास्त्रको उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको हो ।
आईएसपीआरले जारी गरेको विज्ञप्तिमा अत्याधुनिक अन्तिम चरणको लक्ष्य निर्देशन प्रणाली जडान गरिएको उक्त क्षेप्यास्त्रले लामो दूरीमा रहेका हवाई लक्ष्यलाई समेत निशाना बनाउन सक्ने उल्लेख छ ।










