१३ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ



काठमाडौं । बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य बढेको छ।

बिहीबार सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँ र चाँदी तोलामा २६५ रुपैयाँले बढेकोबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ कारोबार भएको थियो।

त्यस्तै,चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला तीन हजार ६५५ रुपैयाँ किनबेच भएको थियो।

प्रकाशित मिति : कार्तिक १९, २०८३ बिहिबार  १२ : ०१ बजे