यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९बिहीबार०का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ दुई पैसा कायम गरिएको छ ।

कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ पाँच पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा तथा यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा तोकिएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २३ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा तथा स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ आठ पैसा र बिक्रीदर १५ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

त्यसैगरी, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २९ पैसा र बिक्रीदर २२ रुपैयाँ ३८ पैसा, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ सात पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २८ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९० रुपैयाँ १४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
◾ थप सामग्री स् जततउकस्ररभजष्mबबिथबतष्mभक।अयmरद्दण्द्दटरज्ञज्ञरद्धढद्धद्दद्धद्धर

प्रकाशित मिति : कार्तिक २६, २०८३ बिहिबार  १० : ५५ बजे