काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य नहुने बताएका छन् । बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले सरकारले संविधान र कानुनको बेवास्ता गर्दै सत्ताको दुरुपयोग गर्न खोजिरहेको आरोप लगााए । उनले सरकारले नागरिकको स्वतन्त्रता सीमित गर्न खोजे स्विकार्य नहुने दाबि गरे ।
पौडेलले सरकारले नागरिकको स्वतन्त्रता र अधिकारमाथि नियन्त्रण गरेर देशमा निरङ्कुश शासनको सपना नदेख्न सरकारलाई सचेत गराए ।
उनले मधेसको आवश्यकता र समस्या यहाँकै नागरिकले बढी बुझ्ने भएकाले स्थानीयस्तरबाट आएका सुझाव, मुद्दा र एजेण्डालाई नेपाली कांग्रेसको केन्द्रिय योजनामा समेट्नुपर्ने बताए।
महामन्त्री पौडेलले पार्टीका कार्यक्रम र योजनाहरू जनताको वास्तविक आवश्यकतासँग जोडिनुपर्ने उल्लेख गर्दै मधेसका मुद्दालाई राष्ट्रिय राजनीतिको प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।










