नेपाल संवत आन्दोलनका उपलब्धि नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छः मन्त्री श्रेष्ठ



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत र नेवाः संस्कृति संरक्षणका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्ने बताएका छन् ।

नेपाल संवत ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अग्रज अभियन्ताहरूले लामो संघर्षबाट स्थापित गरेका उपलब्धिको संरक्षण र पुस्तान्तरण अहिलेको पुस्ताको दायित्व भएको बताए ।

मन्त्री श्रेष्ठले नेपाल संवत आन्दोलनका क्रममा उठाइएका मागमध्ये नेवाः विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढ्नु, नयाँ नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने सरकारी प्रतिवद्धता आउनु र आकाश भैरवको तस्बिर नोटमा समावेश गर्ने प्रक्रिया अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

प्रकाशित मिति : कार्तिक २४, २०८३ मंगलबार  ६ : २५ बजे