काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू(भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाले आज (शुक्रबार) पनि देशका हिमाली तथा पहाडी भू(भागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
त्यस्तै, आज देशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा आकाशमा बादल लाग्ने भएकाले मौसममा सामान्य परिवर्तन हुन सक्ने देखिएको जनाइएको छ ।










