काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन् ।
शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले काँग्रेसभित्रै नेतृत्व चयन र गुटगत राजनीतिमा हस्तक्षेप गर्न खोजेको बताएका हुन् ।
उनले सरकारले लोकतान्त्रिक शासनका सामान्य मर्यादा र विधिको शासनसमेत पालना नगरेको आरोप लगाए ।
निर्वाचनपछि बलियो जनमतसहित बनेको सरकारले नागरिकको विश्वासको सम्मान गर्नुको सट्टा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्न खोजेको उनको भनाइ छ ।
पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिदै सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन काँग्रेस बाध्य हुने बताए ।










