२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड आज रुस प्रस्थान गरेका हुन् ।
उनको साथमा प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी भएको सचिवालयले जनाएको छ ।
प्रचण्ड पाँच दिन रुसमा रहनेउनको सचिवालयले जनाएको छ ।
अखिल रूसी राजनीतिक दल (अल रसियन पोलिटिकल पार्टी) को आयोजनामा यही नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा फर द फ्रिडम अफ नेसन्स अर्थात् राष्ट्रहरूको स्वतन्त्रताका लागि शीर्षकको विश्व सम्मेलन हुँदैछ ।










