महाधिवेशनपछि बिग्रिएको खुलामञ्चमा काँग्रेसले रोप्यो दुबो



काठमाडौं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा प्रयोग गरिएको खुलामञ्चको सुन्दरता बिग्रिएको केहि भागमा दुबो रोपेको छ ।

खुलामञ्चको सुन्दरता फर्काउने उद्देश्यले आईतवार दुबो रोपिएको हो ।

महाधिवेशनका क्रममा खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धताअनुसार दुबो रोपिएको नेपाली काँग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले बताईन्।

उनकाअनुसार सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण र सुन्दरता कायम राख्नु सबैको साझा जिम्मेवारी हो ।

काँग्रेसजस्तो ठूलो राजनीतिक दलले अधिवेशन आयोजना गरेपछि मैदानमा देखिएको क्षति सुधार गर्नु अन्य राजनीतिक दल, संघसंस्था र व्यक्तिका लागि पनि सन्देश बन्ने उनको भनाइ छ ।

काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा खुलामञ्चको केहि भाग बिग्रिएपछि काँग्रेसले खुलामञ्चको बिग्रिएको केहि भागलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धता जनाएको थियो ।

प्रकाशित मिति : कार्तिक २९, २०८३ आइतबार  १ : ०७ बजे