काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानूनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
उनले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक व्यवस्थामाथि नै खलल पु¥याउने असामान्य घटनाका रूपमा व्याख्या गरे ।










