काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
मंगलबार (मंसिर १) सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला तीन हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










