एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं,मंसिर ४ । नेपाली बजारमा सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ४, २०८३ शुक्रबार  ११ : ४६ बजे