प्रधानमन्त्री साहको भारत भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय



काठमाडौं । मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण स्वीकृत गरेको छ । शुुक्रवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अगामी आईतवार हुने प्रधानमन्त्री साहको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले जानकारी दिए ।

उनकाअनुसार बैठकले उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको समेत जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

– २०८३ मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।

– चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने।

– अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्‍यापिड क्रेडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

– नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने।

– राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने।

– ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स ९मापदण्ड० २०८३ स्वीकृत गर्ने।

– राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने।

प्रकाशित मिति : मंसिर ४, २०८३ शुक्रबार  १ : ३३ बजे