निर्वाचन खर्च घटाउन जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ



काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचनलाई कम खर्चिलो बनाउन मतदाताले आफू बसेकै स्थानबाट आफ्नो गृहजिल्लामा मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

शनिवार पार्टीको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले निर्वाचनका दिन आफ्नो स्थायी जिल्लामा पुगेर मतदान गर्नुपर्ने बाध्यताले उम्मेदवार र मतदाता दुवैको खर्च बढाएको बताएका हुन् ।

उनले काठमाडौंमा बसेर डडेलधुराको मतदान गर्न पाउने व्यवस्था भए निर्वाचनमा हुने अनावश्यक यातायात खर्च कम हुने बताए ।

प्रकाशित मिति : मंसिर ५, २०८३ शनिबार  ७ : ५१ बजे