एसिया कप राइजिङ स्टार्स क्रिकेट : कुशलको अर्धशतकमा यूएईलाई हराउँदे नेपाल विजयी



काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ।

आइतबार नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ३९.५ ओभरमा १२१ रनमै अलआउट गर्‍यो।

नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले ३–३ विकेट लिए। जवाफी ब्याटिङमा नेपालले कुशल भुर्तेलको ५७ रनको अर्धशतकीय योगदानमा २२ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। मयन यादवले २७ र बसिर अहमदले १८ रन बनाए।

भारतसँग ३०६ रनको लज्जास्पद हार बेहोरेको नेपालले यस जितसँगै सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ। नेपालले मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्नेछ।

प्रकाशित मिति : मंसिर ६, २०८३ आइतबार  ६ : ३२ बजे