काठमाडौं, मंसिर ८ । नेपाली बजारमा मंगलबार सुनचाँदी मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर दुई लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। सोमबार तीन हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।










