काठमाडौं, मंसिर १० । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ३ हजार ७५ रुपैयाँ पुगेको छ ।










