चितवन,मंसिर २३ । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ ।
पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा गाडी आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि तुइनखोला क्षेत्रमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन पाइने छैन ।











