नयाँ बर्षसँगै नेप्सेमा पनि सुखद संकेत सुरु



काठमाडौं वैशाख, ३–
बिसं २०७६ सेयर लगानीकर्ताहरुको लागि सुखद हुुने पुर्व संकेत देखिएको छ । नयाँ बर्षपछिको दोस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से सुचक र कारोबार रकम दुुबै नै उच्च अंकले बढेका छन् । नेप्से २३ दशमलव ३३ अंकले बढेर १२ सय १२ दशमलव पाँच अंकमा पुुग्दा आज सेन्सिटिभ पाँच दशमलव ४८ अंकले बढेर दुुई सय ६० दशमलव २४ अंकमा चढेको छ । आज एक सय ७० वटा कम्पनीहरुको आठ हजार नौ सय ७८ वटा कारोबारमा २४ लाख ११ हजार छ सय ५० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ७४ करोड २७ लाख १८ हजार पाँच सय ७१ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा सबै सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ । वाणिज्य बैंक समुहको सुचक २९ दशमलव ४१ अंंकले बढेर एक हजार ८७ दशमलव ४१ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक २० दशमलव दुुई अंकले बढेर १५ सय तीन दशमलव ८५ अंकमा चढेको छ । जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि उच्च अंकले बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी, सेन्ट्रल फाईनान्स आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा युनिभर्सल पावर कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी आदि परेकाछन । यसैगरी कारोवार भएको रकमको आधारमा भने एनएमबि बैंक, एन आईसी एशिया बैंक लगायतका कम्पनीहरु परेकाछन् ।

प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार  ९ : ५८ बजे