प्रभु बैंकको ‘चेतना बचत खाता’ सार्वजनिक



काठमाडौं वैशाख, ५–
प्रभुु बैंकले चेतना बचत खाता सञ्चालनमा ल्याएको छ । बैकले सबै नेपालीहरुलाई बैंकिङ्ग प्रणाली भित्र अटाउने उद्देश्यका साथ २०७६ बैशाख १ गते नेपाल सरकारले शुभारम्भ गरेको “खोलौं बैंक खाता अभियान, २०७६” अभियानसँग ऐक्यवद्धता जनाउँदै “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको हो ।
“खोलौं बैंक खाता अभियान, २०७६” भन्ने नेपाल सरकारको अभियानलाई सफलरुपमा कार्यान्वयन गर्न बैंकले सञ्चालनमा ल्याएको “प्रभु चेतना बचत खाता”खोलिने प्रत्येक खातामा बैंकको तर्फबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था गरेको छ । खातामा जम्मा हुने रकममा वार्षिक पाँच प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता” अन्तर्गत खोलिने हरेक खातामा एक वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।
बैंकले सञ्चालनमा ल्याएको प्रभु चेताना बचत खाताबाट नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६”को सफल कार्यान्वयन हुने तथा ग्राहकमहानुभावहरुले प्रभु चेताना बचत खाता खोली लाभ प्राप्त गर्नुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
यसैगरी बैंकले नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार व्याज अनुदान उपलब्ध गराएको वर्ग तथा क्षेत्रलाई उच्च प्राथमिकता दिई नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको दिन देखि नै प्रभु बैंकले आफ्ना सबै शाखाहरु मार्फत लक्षित वर्ग र क्षेत्रलाई सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोमा हाल सो कार्यक्रम अन्तर्गतका कर्जा तथा सेवाहरुलाई निम्न लिखित कर्जा योजना मार्फत ब्यापक रुपले अगाडी बढाउने जानकारी दिएको छ । समग्र मुलुकको कृषि तथा पशुपंछीजन्य क्षेत्रको व्यवसाय प्रर्वद्र्धन गरी उत्पादन र रोजगारी वृद्धि गर्न, शिक्षित वेरोजगार युवाहरुलाई देशभित्रै रोजगारका अवसर सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशीलताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकरण एवं प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि अवसर प्रदान गर्न र भुकम्प पिडीतहरुलाई निजी आवास निर्माण गर्न सघाउ पुर्याउने नेपाल सरकारको लक्ष्यलाई मध्येनजर गर्दै बैंकले सञ्चालन गरेका यी कर्जा योजनाहरुबाट लक्षित वर्ग पूर्णरुपले लाभान्वित हुने र नेपाल सरकारको यस अभियानमा पनि विशेष टेवा पुग्नेछ विश्वास लिएको बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार  ७ : ३० बजे