काठमान्डौ । नेपाली कांग्रेसका युबा नेता तथा सांसद प्रदिप पौडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर महानगर र क्षेत्र नं ५ को विकासका बारेमा छलफल गरेका छन् ।
भेटमा काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकार बीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको र मेयर शाहसँगको भेटघाट अर्थपूर्ण रहेको नेता पौडेलले जानकारि दिएका छन् । ।
भेटघाटमा कलंकी देखि धोबी खोला सम्म रिङ्ग रोड विस्तारलाई तिव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने त्यसैगरि , मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने, हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने र धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने लगायतका बिषयमा सहकार्य गरेर अगाडि बढ्ने तय भएको बताइएको छ ।










