काठमाडौँ, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ अयोग्य भएकी छन्।
संविधान अनुसार उपराष्ट्रपति बन्न कम्तिमा ४५ वर्ष उमेर चाहिन्छ। उम्मेदवारको आंकाक्षी रञ्जिताको नागरिकता अनुसार उनी भर्खर ४० वर्ष पुग्दैछिन्।
यसअघि आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले पनि संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने बिहीबार निर्णय गरेको थियो । उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारो मनोनयन दर्ता हुनेछ भने आगामी चैत ३ मा निर्वाचन हुनेछ ।










