फागुन २८ काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै छ। उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उमेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने आयोगले जनाएको छ ।
आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उमेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उमेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो ।आयोगका अनुसार आज मनोनयनपत्र तथा उम्मेदवारविरुद्धका उजुरी उपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको हो।
राष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ । राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै नेकपा एमालेले यादवको उमेदवारी खारेजको मागसहित उजुरी दिएको हो ।यादवविरुद्ध जनमत पार्टीबाट उपराष्ट्रपति पदकी उमेदवार ममता झाले पनि उजुरी दिएकी छन् ।










