बैशाख १७ काठमाडौं। साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १९ दशमलव ११ अंकले घटेर १८ सय ७० दशमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ९५ अंकले घटेर तीन सय ५८ दशमलव १४ अंकमा पुगेको छ । आज दुई सय ७१ वटा कम्पनीहरुको २६ हजार आठ सय एक पटकको कारोबारमा ३२ लाख छ हजार चार सय ५० कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहरुको सुचक घटेर नेप्से रातै देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ४७ अंकले घटेर १२ सय २७ दशमलव नौं अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४५ दशमलव ४४ अंकले घटेर २३ सय ८४ दशमलव ७८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८७ दशमलव १७ अंकले घटेर नौं हजार तीन सय ३८ दशमलव ११ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ४६ दशमलव ६६ अंकले घटेर आनठ हजार पाँच सय ४३ दशमलव ६२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी शुलभ फण्ड–२ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईबिएल ग्रोथ फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।














