काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’गरिएको छ । भौतिकपूर्वाधार तथायातायात मन्त्री प्रकाश ज्वाला, नेपालकालागिजापानी राजदूतकिकुतायुतका, जापानीदातृ निकायजाईकाकाप्रमुखलगायतले संयुक्त रुपमा टनेलको ब्रेक थु्र गरेका थिए । ब्रेकथ्रु अघि नेपाली र जापानी िवधि अनुरुप पूजा पनि गरिएको थियो ।
सो अवसरमाभौतिकपूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सुरुङ मार्ग निर्माणका लागि जापान सरकारप्रति विशेष आभार प्रकट गरे ।उनले भने ‘ रेस्क्यु टनेल ब्रेक थ्रू हुनु ठूलो प्रगति हो,मुख्य टनेल पनिएक वर्षभित्रै ब्रेक थ्रु हुन्छ । एक वर्षभित्र टनेल भित्रबाट गाडी नै चल्छ । ’
कार्यक्रमा ाचन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि र धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले पनिसुरुङ मार्गको निर्माण पछि यातायातमाथप सहज र कमखर्चिलो हुने बताए ।
जापानी राजदूत किकुतायुतकाले नेपालकालागि यो सहयोगले आपसी सम्बन्धअझ प्रगाढ बन्ने बताए ।
साढे दुई किलोमिटर लामो नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’सँगै मुख्यसुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको पनिनिर्माण पक्षले जानकारी दिएको छ ।











