आठ महिनामा करिब एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किए : यूएनएचसीआर



काठमाडौं । सन् २०२३ को सेप्टेम्बर १ सम्म १० हजार ९७१ जना अफगानी शरणार्थी स्वदेश फर्केका संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोग ९यूएनएचसीआर० ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

तीमध्ये ९६ प्रतिशत पाकिस्तानबाट, तीन प्रतिशत इरानबाट र एक प्रतिशत अन्य मुलुकबाट अफगानिस्तानका विभिन्न राज्यमा फिर्ता आएका र उनीहको गृहनगर वा गाउमा जाने तयारी गरिरहेका युएनएचसीआरले जनाएको छ ।

प्रतिवेदनमा सन् २०२३ मा आन्तरिक रुपमा विस्थापित भएका करिब पाँच हजार १५० व्यक्ति अफगानिस्तानमा रहेको आफ्नो मूल थलोमा फर्केको उल्लेख छ ।

सङ्गठनका अनुसार डिसेम्बर ३१, २०२२ सम्ममा अफगानिस्तानमा द्वन्द्वका कारण अनुमानित ३२ लाख ५० हजार मानिस आन्तरिक रूपमा विस्थापित भएका थिए भने करिब ५२ लाख व्यक्ति छिमेकी मुलुकहरूमा शरणार्थीका रूपमा पुगेका थिए ।

प्रकाशित मिति : आश्विन १८, २०८० बिहीबार  ७ : ०७ बजे