काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादी उपत्यका व्यूरोका विभिन्नजनवर्गीय संगठनले इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको मागगर्दै विरोध प्रर्दशनगरेका छन् । आइतबार काठमाडौंमा इजरायलमा केहि नेपालीहरु वेपत्ता र घाइते भईरहेको भन्दै नेपालीहरुको सुरक्षाको मागगर्दै उनीहरुले विरोध प्रर्दशन गरेका हुन् ।
विरोध प्रर्दशनमा सहभागी नरेन्द्र वि केले करिब २५ सय काम गर्न गएका नेपालीहरुमा करिब तीन सय विद्यार्थीहरु रहेकाभन्दै १७ जना विद्यार्थी बसेको भवनमाआक्रमणहुँदा १२ जना सम्पर्कमा नभएको भन्दै उनीहरुको अवस्थापत्तालगाई तत्काल सुरक्षीतउद्दार गर्न माग गरे ।














