काठमाडौ । बङ्गलादेशले सन् १९७१ को मुक्ति सङ्ग्रामको सम्झनास्वरूप शहीदको सम्झनामा सशस्त्र सेना दिवस मनाइएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीन र प्रधानमन्त्री शेख हसिनाले सन् १९७१ मा देशको स्वतन्त्रताका लागि आफ्नो जीवन आहुति दिने स्वतन्त्रता सङ्ग्रामका शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै सो दिवस मनाइएको छ ।
शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शाहाबुद्दीनले बिहान राजधानीस्थित शिखा अनिर्बान ९अनन्त ज्वाला० को वेदीमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरे । सो अवसरमा सेना, जलसेना र वायुसेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
देशका विभिन्न सैनिक ग्यारिसन, नौसैनिक जहाज, प्रतिष्ठान र वायुसेनाको बेसमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।














