इजरेल र हमासबीच युद्ध विराम हुँदै



काठमाडौँ । इजरेल र हमासबीच युद्ध विराम हुने भएको छ । दुवै पक्षले युद्ध विराम गर्ने सहमत भएका छन् ।

कतारको विदेश मन्त्रालयका अनुसार युद्ध विरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको छ ।

कतार, इजिप्ट र अमेरिकाको दबाबमा यो युद्ध विरामको तयारी भएको हो ।

सहमतिपछि हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ ।

यता इजरेलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्नेछ ।

सुरुमा ४ दिन युद्ध रोकिनेछ भने त्यो लम्बिने विश्वास लिइएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार  ११ : २७ बजे