‘मिस वल्र्ड’मा नेपाली कलासंस्कृति र बातावरण झल्कने पहिरन प्रयोग गर्छु – मिस नेपाल श्रीच्छा



काठमाडौँ । मिस नेपाल श्रीच्छा प्रधानले आफुलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मनपर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मुल्यमा नेपाली पहिरन मिल्ने भएकोले सबैलाई प्रयोग गर्न समेत सुझाएकी छन् ।

शुक्रबारबाट ललितपुरको जावलाखेलस्थित संचालनमा आएको क्वीन कलेक्सन उद्घाटन गर्दै प्रधानले नेपाली पहिरन धेरै कुरामा सोचेर, सजिलो र स्वास्थ्यको दृष्टिले समेत निर्माण हुने भएकोले प्रयोग गर्न सजिलो समेत रहेको उनको भनाई थियो ।

‘म नेपाली बुटिकहरुकै फेसन प्रयोग गर्छु । किनभने त्यहाँ मुल्य सुहाउदो र सबैले तिर्न सक्ने हुन्छ’, उनले भनिन् ‘बुटिकमा आफुले चाँहेजस्तो डिजाइन छान्न र बनाउन सकिन्छ ।’ ग्राहक प्रतिको जिम्मेवारीमा अन्य भन्दा बुटिक अलि बढी जिम्बेवार हुने गरेको आफुले पाएको उनले सुनाइन् ।

‘बुटिका पहिरन एकदमै कलरफुल, युनिक डिजाइन हुन्छ । अहिलेका हामी युवाले पहिलेका कल्चर पहिरन प्रयोग गर्दा अर्कै किसिमको गर्व फिल हुन्छ । त्यही कारणले पनि म नेपाली पहिरनमा रमाउछु’ उनले थपिन् ।

प्रधान ‘मिस वल्र्ड’को तयारी गरिरहेकी छन् । ‘मिस वल्र्ड’को प्लेटर्फममा पनि उनले नेपाली बिभिन्न कलासंस्कृति र बातावरण झल्कने पहिरन प्रयोग गर्ने सोचमा छिन् । त्यसका लागि उनले नेपाली डिजाइनर, त्यो पनि आइआइएफटी स्कूल अफ फेसनसँगको छलफलमा छिन् । मिस नेपालमा पनि आइआइएफटीको सहकार्य रहेकोले मिस वल्र्डका लागि सहकार्य गर्ने सोच बनाएको उनले बताइन् ।

क्वीन कलेक्सन मेनका रानाले संचालनमा ल्याएकी हुन् । मेनका आइआइएफटी स्कूल ओफ फेसन ललितपुरकी बिद्यार्थी हुन् । आफुले अध्यायन गरेर सिकेको कुरा प्रयोग गर्ने र फेसनमा सेवा दिने उदेश्यले क्वीन कलेक्सन संचालनमा ल्याएको रानालले बताइन् ।

‘मलाई सानैदेखि फेसनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । फेसनको बिभिन्न कुरा बुझ्दै जाँदा आइआइएफटी स्कूल अफ फेसनसँग जोडिए’, रानाले भनिन् ‘त्यहाँ सिकेको कुरा बाहिर ल्याउन र फेसनमा नयाँ टेष्ट दिन बुटिक खोले ।’ फेसनमा गुणस्तरिय र आकर्षक पहिरन सस्तो मुल्यामा उपलब्ध दिन बुटिक संचालन ल्याएको उनको भनाई छ ।

प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार  ५ : ०६ बजे