काठमाडौं । आज शुक्रबारबाट चलचित्र ‘पर्खि बसें तिमीलाई’ देशभरका सिनेमाघरमा रिलिज भएको छ ।‘पर्खि बसें तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ । निर्देशक दीपकको ‘पर्खि बसें तिमीलाई’ २७ औं निर्र्देशकीय फिल्म हो ।
फिल्म ‘पर्खि बसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीलाई नेपाली रजतपटमा डेब्यु गराएका दीपकले ‘पर्खि बसें तिमीलाई’बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीजस्ता नयाँ अनुहारलाई नेपाली फिल्ममा उतारेका छन् ।
‘मेरो तीन दशकको फिल्म करियरमा दर्शकलाई प्रेमकथाका फिल्म दिएको छु । पर्खि बसें तिमीलाई पनि त्यसैको निरन्तरता हो,’ दीपक भन्छन् ।
रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा किरण र रक्षासँगै शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्ममा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह–निर्माण छ ।














