काठमाडौं ।स्थानिय बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको छ ।
सोमबार तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ ५ रुपैयाँ बढेर तोलाको एक हजार ७ सय ९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।










