सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

आज सुन प्रतितोला १ सय रुपैयाँ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा घटेको हो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर १८०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : पुस १०, २०८१ बुधबार  १२ : २३ बजे