काठमाडौ । विपी कोइराला नेतृत्व विकाश प्रतिष्ठानले काठमाण्डौमा एक अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेको छ ।
जनआन्दोलन ०६३/६३ को आन्दोलनमा अग्र मोर्चामा रहेर काम गरेका नेपाली कांग्रेस पार्टिका नेता कार्यकर्ताहरुको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिएको नेबिसंघका पूर्व उपाध्यक्ष तथा कांग्रेसका युवा नेता निलकण्ठ रिजालले जानकारी दिए ।
कार्यक्रममा पछिल्लो समसामयिक राजनितिक अवस्थाको बारेमा र पार्टिमा लामो समय काम गरेका नेता कार्यकर्ताहरुमा बढेको निरासालाई चिरेर पार्टिमा उत्साहपुर्बक सहभागिता बढाउने बारेमा छलफल भएको नेता रिजालले जानकारी दिए ।
रिजालले चलाईरहेको स्वयम सुधार अभियानलाई थप प्रभाभकारी बनाउने बारेमा छलफल भएको प्रतिष्ठानका अध्यक्ष किरण पोख्रेलले बताए ।
कार्यक्रममा विपी कोइराला नेतृत्व विकाश प्रतिष्ठानले आगामि बैशाख ११ गते काठमाडौंमा गर्ने कार्यक्रमको बारेमा समेत जानकारि गराइएको थियो ।
कार्यक्रममा कांग्रेसका युवा नेताहरु रञ्जित कर्ण, बिजुला बर्मा, भुपेन्द्रजंग शाहि, मनहरि श्रेष्ठ,गणेश भट्ट, दिपक भट्टराई, सरोज थापा,उमा शिवाकोटि,नबिन राई,लेखनाथ पोख्रेल,सागर परियार लगायतको सहभागिता थियो ।














