आरआरमा अनेरास्ववियुले लगायो ताला स्ववियु निर्वाचन स्थगित



५ चैत, काठमाडौं । काठमाडौंको आरआर क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनन स्थगित भएको छ ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।

निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा। पद्मकुमार अधिकारीले सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गरेको बताएका छन् ।

सरोकारवाला पक्षासँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको निर्वाचन सिमित संयोजक भट्टराईले बताएका छन् ।

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  १० : ०६ बजे