काठमाडौं ।स्थानिय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुन एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महाघंघले जनाएको छ ।














